‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ शुरु, ५० जनाले गरे टेष्ट ड्राइभ

पाेखरा | माघ ५, २०८१

‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ शुरु, ५० जनाले गरे टेष्ट ड्राइभ

पोखरा:  पोखरामा निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर र सिट्रोन लगायतका विभिन्न ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको बराल ग्रुपले ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गरेको छ । 


शनिबार देखि शुरु भएको सो कार्निभलमा ग्राहकको उत्साहजनक सहभागिता देखिएको आयोजकको भनाइ छ ।


पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा संचालन भइरहेको सो बृहत अटोमोबाइल प्रदर्शनीमा शनिबार ५० भन्दा धेरैले टेष्ट ड्राइभ गरेको बराल ग्रुपका प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए ।  कार्निभल माघ ७ गतेसम्म संचालन हुनेछ । 


बराल ग्रुप अन्तर्गतको ‘एलिट मोटर्स प्रालि’ ले पोखरामा निसान, ओमोडा एन्ड जेइको र जिकर तथा ‘एसएसएल मोटर्स कम्पनी’ ले लिपमोटर र सिट्रोन ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको छ । यी सबै ब्रान्डको नेपालका लागि आधिकारिक वितरक शारडा ग्रुप र गोल्छा ग्रुप अन्तर्गतका विभिन्न कम्पनी छन् ।


तीन दिने कार्यक्रममा सहभागीहरूले विभिन्न सवारीसाधनहरूको अवलोकन र टेस्ट ड्राइभ गर्न सक्नेछन् । यसका साथै आकर्षक छुट तथा डिस्काउन्टको अवसर समेत प्राप्त गर्नेछन् । एलिट मोटर्स र एसएसएल मोटर्स बराल ग्रुप अन्तर्गतका कम्पनी हुन् ।


नेपाली अटोमोबाइल बजारका प्रख्यात र अग्रणी नामहरू शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनको सहकार्यमा सो कार्निभल आयोजना हुनेछ । 


शारडा ग्रुपले ओमोडा, जेइको, जिकर (ईभी सेग्मेन्ट) र निसान म्याग्नाइट (पेट्रोल संस्करण) का पछिल्ला मोडलहरू प्रदर्शन गर्नेछ भने गोल्छा अर्गनाइजेसनले लिपमोटर र सिट्रोन ई–सी३ जस्ता अत्याधुनिक विद्युतीय सवारी साधनहरू प्रदर्शनीमा छन् ।
 

पोखरा:  गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचना आजको समाज र विशेषगरी युवा पुस्ताका लागि गम्भीर चुनौती बन्दै गएको बताएका छन् ।  ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ । महामन्त्रीद्वयसहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही ग...

थप पढ्नुहोस्

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्न...

थप पढ्नुहोस्